Logo
२२ जेठ २०८३, शुक्रबार

‘हजार जुनी काट्न सक्छु’ लिएर आइन गायिका तेजवती

अक्षरपाटी
२०७९ चैत्र १८ , शनिबार १२:०४ मा प्रकाशित

काठमाडौं। लामो समयदेखि संगीत साधनामा लागेकी गायिका तेजवती जोशीको स्वरमा नयाँ गीत ‘हजार जुनी काट्न सक्छुु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

यसअघि गायिका जोशीका दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्।

कुमार मिश्रका शब्द रहेको गीतमा संगीत भने टेकेन्द्र नेपालीले गरेका छन्। साहस शाक्यले एरेन्ज गरेको गीतमा गिटार वादन संजीव बराइलीको रहेको छ।

प्रकाश मिश्रले मिक्सिङ गरेको म्युजिक भिडियोमा विनयराज पोख्रेल र वीना राउतले अभिनय गरेका छन्।

म्युजिक भिडियो निर्देशन नारायण मगरले गरेका हुन भने संजय अधिकारीले भिडियो सम्पादन गरेका हुन्। गीत ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

ट्रेन्डिङ ( साप्ताहिक )