काठमाडौं । गठबन्धन सरकारले सोमबार (भोलि)सम्म सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ।
छैठौंपटक मन्त्रिमण्डल विस्तारपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो।
सत्तासाझेदार सबै दलले साझा कार्यक्रमलाई अन्तिम रुप दिइसकेकाले सरकारले भोलि सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो साता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामाथि गठबन्धन दलका नेताहरुको राय–सुझाव समेटेर, आवश्यक संशोधनसहित अन्तिम रुप दिइ सकेको स्रोतको भनाइ छ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहाल नेतृत्वको सरकारले ल्याउन लागेको यो दोस्रो न्यूनतम साझा कार्यक्रम हो। उनी नेतृत्वको सरकारले पुस २५ गते पहिलो न्यूनतम साझा कार्यक्रम ल्याएको थियो।
साझा कार्यक्रम