काठमाडौं। गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ।
अर्जुन पोखरेलको शब्द, संगीत, एरेन्ज रहेको गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ।
उनीहरुले वैंशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजेका छन्।
डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ। नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ।
सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरिरहेका छन्।
उनले सन्देशमुलक र संघर्षशिल भिडियो सम्पादकका रुपमा आफ्नो राम्रो पहिचान पनि बनाइसकेका छन्।