Logo
८ पुस २०८१, सोमबार

सांसदहरुले भने : मिटरब्याज पीडितलाई अलमल्याउने काम भएको छ

अक्षरपाटी
२०७९ चैत्र १९ , आईतबार ०२:०४ मा प्रकाशित

काठमाडौं। सांसद्हरूले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयनको माग गरेका छन् । सरकारले विगतमा पनि मिटरब्याजीसँग सहमति गरेको तर कार्यान्वयन नगरेको भन्दै सांसद्हरूले अहिलेको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

आज संसद बैठकमा बोल्दै सांसद् ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताए।

गैरेले भने,‘मिटर व्याजीबाट पीडित भएकामाथि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने खेल भएको छ। विशेष समय र शून्य समयमा उठेको प्रश्नको जवाफ सरकारले दिनुपर्छ।’

सांसद् तेजुलाल चौधरीले पनि मिटरब्याज पीडितको समस्या ज्यूकात्यू रहेको भन्दै समस्या हल गर्न सरकार संवेदनशिल बन्नुपर्ने बताए।