काठमाडौं। गायिका सुनिता थेगिमको स्वरमा रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
प्रयास दुमी राईको शब्द, सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ।
काठमाडौं र ललितपुरको रमणीय स्थानमा छायाँकन गरिएको गीतको भिडियोमा शन्तकुमार राई र अनुसा राईको अभिनय छ।
भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीबीचको रोमान्सलाई कलात्मक शैलीमा देखाइएको छ।
भिडियोमा इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ। गीतको भिडियो एस के आर पिक्चरमार्फत बजारमा आएको हो।