Logo
१४ भदौ २०८३, आईतबार

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै पुग्यो १ लाख ११ हजार

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं : सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार पुगेको हो।

तेजाबी सुनको मूल्य ११ हजार ४५० पुगेको छ। यसअघि मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९ हजार कायम भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला १४ सय ४० पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी १४०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ

ट्रेन्डिङ ( साप्ताहिक )