Logo
२२ वैशाख २०८३, मंगलबार

साँच्चिकै देश सफा गर्नुपरे नेताहरू सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ : मेयर साह

अक्षरपाटी
२०७९ चैत्र २५ , शनिबार ११:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् ।

उनले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् ।

मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरू सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’

ट्रेन्डिङ ( साप्ताहिक )