काठमाडौं। काठमाडौंबाट उड्ने वित्तिकै आकाशमा ठूलो आवाजसहित इन्जिनमा खराबी देखिएको फ्लाई दुबईको विमान सामान्य रुपमा दुबईका लागि प्रस्थान गरेको छ।
गभरमेन्ट अफ दुबई मिडिया अफिसका अनुसार फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने वित्तिकै विमानमा चरा ठोकिएको थियो।
अवस्थालाई नियन्त्रणमा लिएपछि फ्लाई दबईको एफजेट ५७६ विमान गन्तव्यका लागि सकुशल उडिरहेको बताइएको छ।
विमान अहिले सामान्य अवस्थामा उडिरहेको र दुबईको स्थानीय समय अनुसार ००ः१४ मिनेटमा दुबैमा अवतरण गर्ने फ्लाई दुबैका प्रवक्ताले बताएको दुबईको मिडिया अफिसले उल्लेख गरेको छ।