Logo
१७ असार २०८३, बुधबार

रामकृष्ण ढकालको स्वरमा ‘माया हुन्छ भनन’

अक्षरपाटी
२०८० वैशाख १५ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं। संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर ‘माया हुन्छ भनन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार म्युजिक नेपालद्वारा सार्वजनिक गरिएको हो।

कार्यक्रममा अग्रज संगीतकार शम्भूजीत बासकोटा, गायक रामकृष्ण ढकाल, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो।

गीतको म्युजिक भिडियोमा स्वयम् गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन छ।

रामकृष्ण ढकाल