Logo
११ साउन २०८३, सोमबार

राधिकाको ‘रिमझिम’ सार्वजनिक

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०१:०५ मा प्रकाशित

काठमाडौं। गायिका राधिका बिस्टको स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्।

०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्।

बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।