Logo
२० पुस २०८१, शनिबार

यौन दुर्व्यवहारमा अमेरिकी पूर्वराष्ट्रपति दोषी ठहर

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार ०६:०५ मा प्रकाशित

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन्।
रोल

उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याएको हो। सिभिल कोर्टले पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला समेत सुनाएको हो।

एक म्यागेजिनकी लेखिका ई–जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र मानहानी समेत गरेको आरोप उनीमाथि लगाएकी थिइन्।

सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन।

फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लागेको छ। ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन्।

उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।