Logo
११ जेठ २०८३, सोमबार

गायक सुदन गैरेको ‘मंजिले’मा राहुल र आश्मा

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार ०६:०५ मा प्रकाशित

काठमाडौं। गायक सुदन गैरेको स्वरमा रहेको हिन्दी गीत ‘मंजिले’को म्यजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ले सयुक्त रुपमा गीतका शब्द लेखेका हुन्।

थापाले संगीतवद्ध गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल युवा जोडीको जीवनमा आइलागेको दुखद दुर्घटनाको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।

करिब ६ मिनेटको भिडियोमा निर्देशक गणेश शाहीले राम्रो कथा प्रस्तुत गरेका छन्।