Logo
७ जेठ २०८१, सोमबार

टिकापुर घटनाका दोषी रेशमको बाँकी सजाय माफी गर्ने सरकारको तयारी

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०९:०५ मा प्रकाशित

काठमाडौं। सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ।

२०७२ भदौमा भएको टिकापुर घटनामा ७ सरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालय पुगेको हो।

गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाएर त्यहाँबाट स्वीकृत भएर आएको फाइलमा महान्यायाधीवक्ताको राय लिएर माफी मिनाहाको प्रस्ताव मन्त्रिपरिषदमा पठाउँछ।

मन्त्रिपरिषबाट निर्णय गराई राष्ट्पति कार्यालयले निर्णय गरेपछि कैदीको बाँकी कैद माफी मिनाहा हुन्छ।

सरकारले आगामी सोमबार १५ जेठको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी गरेको हो।