Logo
८ पुस २०८१, सोमबार

सुदूरपश्चिममा सडक यातायातको नयाँ भाडादर कायम

अक्षरपाटी
२०८० जेठ १९ , शुक्रबार ११:०६ मा प्रकाशित

धनगढी, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो । प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि नयाँ भाडादर लागु गरिएको छ ।

प्रदेश राजपत्रमा प्रकाशित गरिएको भाडा दरअनुसार टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ रुपैंया कामय गरिएको छ । यस्तै डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ ।

धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ। धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको छ । यस्तै धनगढी –बैतडीको भाडा ७८७, गड्डाचौकी–महेन्द्रनगर–बैतडीको भाडा ८७८, धनगढी–दार्चुलाको भाडा ११५२ र महेन्द्रनगर–अत्तरिया–दार्चुलाको भाडा १२२९ कायम गरिएको छ ।