Logo
२९ वैशाख २०८२, सोमबार

मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

अक्षरपाटी
२०८० जेठ ३१ , बुधबार ०८:०६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो।

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ। लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् । चलचित्रमा मुकुन भुसाल,मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय गरेका छन्।

बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन्। अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो।