Logo
१९ वैशाख २०८३, शनिबार

बलात्कार आरोपमा इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

अक्षरपाटी
२०८० साउन १२ , शुक्रबार ०१:०७ मा प्रकाशित

काठमाडौं । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसरका सह-प्रवक्ता अनिल अधिकारीले पोखरेललाई नियन्त्रणमा लिएको पुष्टि गरे।

उनका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान सुरू भएको छ। केही दिनअघि रामेछाप घर भइ हाल काठमाडौंमा बस्दै आएकी एक महिलाले आफूलाई पौडेलले बलात्कार गरेको भन्दै प्रहरी बिट कालिमाटी महिला सेलमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा अनुसन्धान गर्न प्रहरीले पौडेललाई पक्राउ गरेको हो।