Logo
२८ वैशाख २०८२, आईतबार

गरीब होइन गरिबी हटाउन माग गर्दै प्रदर्शन

अक्षरपाटी
२०८० साउन १४ , आईतबार ०४:०७ मा प्रकाशित

काठमाडौं १३ साउन। फुटपाथ व्यवसायीले आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।

उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाउँदै मेयर, उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन्।

व्यवसायीले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्ने वातावतरण बनाउनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

व्यवसायीले आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग गरेका छन्।