Logo
८ पुस २०८१, सोमबार

आठ वर्ष अघिको तस्बिरलाई लिएर मेरो नाम मुछ्नु आपत्तिजनक छ : वर्षमान पुन

अक्षरपाटी
२०८० साउन १५ , सोमबार ०५:०७ मा प्रकाशित

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको बताए। उनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए।

उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरी प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफू तयार रहेको बताए। सुन प्रकरणलगायत कुनै पनि प्रकरणमा दोषीदेखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए।

उनले पदाधिकारी बैठकमा पनि आफूले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए। फरक प्रसंगमा पुनले माओवादी नेताहरू एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे।