Logo
२१ मंसीर २०८२, आईतबार

सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अधियानमा सबैले साथ दिनुपर्छः पुन

अक्षरपाटी
२०८० साउन २० , शनिबार ०५:०८ मा प्रकाशित

काठमाडौं २० साउन। नेकपा (माओवादी) केन्द्रका उपमहासिचव वर्षमान पुनले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा सबैले साथ दिनुपर्ने धारणा राखेका छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा शनिबार बोल्दै नेता पुनले दायाँबायाँ नहेरी भ्रष्टाचार प्रकरणको छानबिन गर्नुपर्ने बताए। सरकारले राम्रो काम गरिरहेको उनको भनाइ थियो।

करिब सय किलो सुन बरामद प्रकरणतर्फ संकेत गर्दै उनले आफूमाथि पनि प्रश्न उठेका भए छानबिनमा सहयोग गर्न तयार रहेको बताए।

‘भ्रष्टाचारविरुद्ध सरकारको अभियान ठीक छ। दायाँबायाँ नगरी, पार्टीभित्र र बाहिरका नभनी छानबिन अगाडि बढाउनु पर्छ,’ बैठकमा उनले भने, ‘मैमाथि प्रश्न उठेका छन् भने पनि सहयोग गर्न तयार छु। छानबिनमा प्रश्न उठ्यो भने सबैले सहयोग गर्नुपर्छ।’