Logo
९ पुस २०८१, मंगलबार

नेपाल बंगलादेश विद्युत् व्यापार छिट्टै सुरू हुन्छ : प्रधानमन्त्री

अक्षरपाटी
२०८० भदौ १ , शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं,१ भदौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् । यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको प्रधानमन्त्री दाहालले बताए ।

‘नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको पनि उनको भनाइ छ ।