Logo
१० पुस २०८१, बुधबार

मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि खुल्यो

अक्षरपाटी
२०८० भदौ ५ , मंगलबार ०१:०८ मा प्रकाशित

काठमाण्डौ, ५ भदौ । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । हिजो सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।

हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक पहिरो हटाएसँगै केही बेर अघिदेखि दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जानकारी दिएको छ ।

सङ्घीय राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने लाइफलाइन का रूपमा रहेको यो सडक खण्ड बर्खायाम लागेसँगै पहिरोका कारण पटक–पटक बन्द हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।