Logo
११ पुस २०८१, बिहीबार

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हरायो

अक्षरपाटी
२०८० भदौ १७ , आईतबार ११:०९ मा प्रकाशित


काठमाण्डौ,१७ भदौ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् । भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।