Logo
२५ पुस २०८१, बिहीबार

सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ गएन

अक्षरपाटी
२०८० असोज २ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं,२ असोज । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।

महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।

तर शिक्षक महासंघ वार्तामा नगएको हो । ‘जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ छैन’, महासंघका महासचिव लक्ष्मीकिशोर सुदेवीले भने ।