Logo
११ पुस २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अक्षरपाटी
२०८० असोज १४ , आईतबार ०९:१० मा प्रकाशित

काठमाडौं,१४ असोज । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।