धनगढी,१० कात्तिक । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे ।
उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।