Logo
११ पुस २०८१, बिहीबार

थाई एअरले पुनः सुरु गर्यो काठमाण्डौ–बैङ्कक उडान

अक्षरपाटी
२०८० कात्तिक १३ , सोमबार १०:१० मा प्रकाशित


काठमाण्डौ,१३ कात्तिक । थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले काठमाण्डौ–बैङ्कक उडान फेरि शुरु गरेको छ । कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले हिजोदेखि फेरि उडान थालेको हो ।

कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो ।

थाई एअरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गएको असोज ३० गते अहिलेसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो हप्ता एक सय १० हाराहारी उडान भएको थियो ।