Logo
६ वैशाख २०८२, शनिबार

नेपाल टस हारेर बलिङ गर्दै, टिममा फर्किए दीपेन्द्र

अक्षरपाटी
२०८० कात्तिक १७ , शुक्रबार १०:११ मा प्रकाशित

काठमाडौं,१७ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।