Logo
२६ वैशाख २०८२, शुक्रबार

भूकम्प प्रभावितको उद्धारमा जुटन प्रधानमन्त्रीको अपिल

अक्षरपाटी
२०८० कात्तिक १८ , शनिबार ०५:११ मा प्रकाशित

काठमाडौँ। गएराती जाजरकोटमा गएको भूकम्पमा परी कम्तिमा ३६ जनाको मृत्यु भइसकेको र ४७ जना घाइते भएको विवरण आइसकेको छ।

मध्यराती आइलागेको यो दैवीय विपत्तीमा एकजुट भएर राहत र उद्धारको काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले अपिल गरेका छन्।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः ४७ मा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो।

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन्।

सरकारले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरेको छ।