Logo
७ वैशाख २०८२, आईतबार

सुनको मुल्यमा नयाँ रेकर्ड : १ लाख २२ हजार रुपैयाँ तोला

अक्षरपाटी
२०८० पुस १२ , बिहीबार ११:१२ मा प्रकाशित

काठमाण्डौ,१२ पुस । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।