Logo
९ पुस २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

अक्षरपाटी
२०८० पुस १२ , बिहीबार ०१:१२ मा प्रकाशित

काठमाडौं,१२ पुस । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई यही १६ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

नियुक्त निर्वाचन अधिकृतले १६ गतेभित्र सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने बताए ।

हेर्नुहोस् निर्वाचन आयोगको सूचना