Logo
२३ पुस २०८१, मंगलबार

बालकुमारीको आन्दोलनमा घाइते अर्का युवाको पनि निधन

अक्षरपाटी
२०८० पुस १३ , शुक्रबार ०४:१२ मा प्रकाशित

काठमाडौं। कारिया जनाका लागि ईपीएस परीक्षा दिन पाउँ भन्दै आन्दोलनमा उत्रिकाएका युवा र प्रहरी बीच भएको झडपमा थप एक जनाको निधन भएको छ।

झडपमा गोली लागेर घाइते भएका वीरेन्द्र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

यसअघि किस्ट अस्पतालमा उपचारका लागि पुर्याइएका २३ वर्षीय सुजन साउतको मृत्यु भएको थियो। उनलाई गोली नलागेर छातीमा गहिरो दाग देखिएको अस्पतालले जनाएको छ। आन्दोलनका क्रममा युवाहरुले भाैतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी गरेका थिए।

देशमा गरिखाने अवस्था नभएको र आफूले कोरिया जना ईपीएस परीक्षा दिन पाउनुपर्ने भन्दै युवाहरु आन्दोलनमा छन्। राजनीतिक नृतृत्वप्रति असन्तुष्टि जनाउँदै अहिले विदेशिने युवाको संख्या बढ्दो छ।

गत मंसिर महिनामा मात्रै त्रिभूवन अन्तर्राष्ट्यि विमानस्थलबाट मात्रै एक महिनामा ७१ हजारभन्दा बढी युवा बाहिरिएका छन् भने गएको १० महिनामा ७० लाखले त्रिभूवन विमानस्थलबाट विदेश यात्रा गरेको तथ्यांक बाहिरिएको छ।