Logo
१६ भदौ २०८३, मंगलबार

आज सुदूरपश्चिममा पुसे १५ पर्व मनाइँदै

अक्षरपाटी
२०८० पुस १५ , आईतबार १२:१२ मा प्रकाशित


धनगढी,१५ पौष । सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै छ।

हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ।

यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ। आज लामो रात हुने र आजैका दिनबाट रात छोटो हुदै जाने हुनाले पुसको पन्ध काट्नु असारको दिन काट्नु भन्‍ने यहाँको उखान छ।

ट्रेन्डिङ ( साप्ताहिक )