काठमाडौं। बालकुमारी घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।
उक्त घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला लापरवाह देखिएको भन्दै उनको राजीनामाको माग समेत भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनी सम्वद्ध दल नेपाल कम्युनिस्ट पार्टीलाई आग्रह गरेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले नेकपा एसका अध्यक्ष माधवकुरमार नेपाललाई मंगलबार अबेर फोन गरेर मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेका हुन्।
उनलाई पार्टीले नै फिर्ता बोलाइदिए सरकारको आलोचना कम हुने विश्वास प्रधामन्त्रीको छ।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुरमारीमा गत शुक्रबार बेरोजगार युवाहरुले प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीको दमनमा परेर दुई युवाको ज्यान गएको थियो।
तनाव भइरहेकै बाटो भएर मन्त्री ज्वाला झन्डावाल गाडी हुइँकाएर सवार भएका थिए। सोही क्रममा आक्रोसित भीडले सरकारी गाडीमा आगजनी गरेको थियो।
यो घटनामा मन्त्री पनि दोशी देखिएकाले उनलाई फिर्ता बोलाउन नेकपा एसलाई प्रधानमन्त्रीले फोनमार्फत आग्रह गरेका हुन्। मन्त्रीको कमजोरीलाई लिएर पार्टीभित्र पनि विरोध भइरहेको छ।