Logo
१५ वैशाख २०८१, शनिबार

प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच आकर्षक छुट दिने सम्झौता

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार ०८:०९ मा प्रकाशित

काठमाडौं। प्रभु बैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबीच विभिन्न सेवामा छुट दिनेबारे सम्झौता भएको छ।

बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जयराज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स प्रालिका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक र हाइग्राउण्डबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले हाइग्राउण्ड एडभेन्चर्सद्वारा सञ्चालित जिपलाइनिङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङलगायत सेवामा १० प्रतिशत छुट पाउने छन्।

सो सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरी भुक्तानी गर्नसक्ने छन्।

यसरी भुक्तानी गर्दा हाइग्राउण्ड एडभेन्चर्सबाट प्रदान गरिने सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रभु बैंक हाइग्राउण्ड एडभेन्चर्स