Logo
३० असार २०८२, सोमबार

तीन सय जनामा कोरोना सङ्क्रमण

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घन्टामा थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो।

एक सय २४ जना कोरोनाबाट निको भएका छन्। निको हुने ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना छ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौं तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ।

सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।

कोरोना संक्रमण स्वास्थ्य