Logo
२१ असोज २०७९, शुक्रबार

पूजाको प्रसादले ३५ जना बिरामी

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार १०:०९ मा प्रकाशित

झापा। मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन्।

काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो।

पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए। अधिकांश बिरामी महिला र बच्चा रहेको पराजुलीको भनाइ छ।

बिरामीलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, बिएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए। उनका अनुसार चिकित्सकले विषाक्त खानाले बिरामी भएको बताएका छन्।

झापा बिरामी

ट्रेन्डिङ ( साप्ताहिक )