Logo
१५ असोज २०७९, शनिबार

तातोपानीमा सडक बत्ती जडान

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार ०६:०९ मा प्रकाशित

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सीसी टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ।

पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सीसी टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ।

बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिए।

उनका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो।

ततोपानी कुण्ड म्याग्दी