Logo
२३ वैशाख २०८३, बुधबार

ज्यान मुद्दामा फरार दोषी २२ वर्षपछि पक्राउ

अक्षरपाटी
२०८२ असार १८ , बुधबार ११:०७ मा प्रकाशित

कास्की। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

ज्यान सम्बन्धी कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतले २०६८ जेठ ११ मा २० वर्ष कैदको फैसला सुनाएका प्रतिवादी खिमबहादुर गर्बुजालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको हो।

म्याग्दी रघुगंगा ४ पुख्र्यौली घर भएका उनलाई कास्कीको पोखरा महानगरपालिका १९ लामाचौरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर पौडेलले बताए।

२० वर्ष कैद सजाय सुनाइएका उनलाई कारागार कार्यालय म्याग्दी पठाइएको छ ।

नेपाल प्रहरी पक्राउ म्याग्दी