Logo
१६ चैत्र २०८०, शुक्रबार

प्रभु बैंक र डिश मिडियाबीच आकर्षक छुट सम्बन्धि सम्झौता

अक्षरपाटी
२०७९ भदौ २४ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं। प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लिमिटेडबीच विभिन्न सेवामा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंक लिको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत श्री रश्मी पन्त र डिश मिडिया नेटवर्क सेल्स् विभागका प्रमुख रमेश सापकोटाद्घारा सो सम्झौतामा हस्ताक्षर भएको हो।

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहक वर्गले डिश होम टीभीÞ र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने छन्।

डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

डिसहोम नेटवर्क प्रभु बैंक