Logo
८ असोज २०८३, बिहीबार

नेपालमा पहिलोपटक कविहरूको रियालिटी सो

अक्षरपाटी
२०७९ भदौ २७ , सोमबार ०२:०९ मा प्रकाशित

गीत–संगीत र नृत्यपछि अब नेपालमा पहिलोपटक कविहरूको टेलिभिजन रियालिटी सो हुने भएको छ।

आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ‘द पोएट आइडल’को घोषणा भएको हो।

सञ्चारकर्मी अमनप्रताप अधिकारीले ‘गामबेँसीका कवि’का रूपमा परिचित आफ्ना बुबा क्षेत्रप्रताप अधिकारीको स्मृतिमा यो रियालिटी सो घोषणा गरेका हुन्।

अधिकारीका अनुसार यो कार्यक्रम रियालिटी टिभी कार्यक्रमको विश्वव्यापी प्रारुपअनुरूपकै हुनेछ। ‘यसमा सहभागीबीच प्रतिस्पर्धा हुनेछ र प्रस्तुति जाँच्नलाई निर्णायक हुनेछन्,’ निर्देशक अधिकारीले भने, ‘दर्शकले आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवियित्रीलाई भोट हाल्न पाउनेछन्। यसैको आधारमा हरेक हप्ता एक–एक प्रतिस्पर्धी बाहिरनेछन् र अन्तिममा एकजना प्रतिभा ‘द पोएट आइडल’ बन्नेछन् ।

ट्रेन्डिङ ( साप्ताहिक )