Logo
१३ वैशाख २०८१, बिहीबार

प्रभु बैंकमा रेमिटेन्स पठाउँदा उच्च ब्याजदर

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं। ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’ भन्ने नाराका साथ प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

आउँदै गरेको बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले विदेशमा दुःख गरेर आर्जन गरेको पैसा स्वदेशमा विप्रेशण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा नयाँ ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

प्रभु उन्नती मुद्धती खातामा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ।

सो ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमा नेपालमा भित्रिन पे्ररणा प्रदान गर्दै देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ। यो योजना असोज १ गतेदेखि लागु हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

उच्च ब्याजदर प्रभु बैंक रेमिटेन्स