Logo
७ वैशाख २०८१, शुक्रबार

काजल क्रियसनको आठौं वार्षिकोत्सव

अक्षरपाटी
२०७९ असोज २ , आईतबार ०६:०९ मा प्रकाशित

काठमाडौं। चर्चित बुटिक काजल क्रियसन आठौं वर्षमा प्रवेश गरेको छ।

वार्षिक उत्सव कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीको उपस्थिति थियो। काजल क्रियसनको आठौं वार्षिकोत्सव केक काटेर मनाइएको थियो।

काजल क्रियसन बुटिकको वार्षिकोत्सव संगै बुटिक संचालिका काजलको जन्मदिन एकैसाथ परेकाले उनको जन्म दिन समेत मनाइएको थियो।

वार्षिकोत्सव कार्यक्रममा चलचित्र निर्देशक निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय अभिनेता दिपकराज गिरि, हास्य अभिनेता निर्मल शर्मा, लोकप्रिय गायिका प्राश्ना शाक्य, बरिष्ट ब्युटिसियन सोनी कारंजित, बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, समाजसेवी सुन्दर थापा, गायिका रानु निरौला, समाजसेवी नरेश पाण्डे, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, युवा ब्यबसायी बसन्ती अधिकारी, संचारकर्मी सूर्य चन्द, मोडल सुमी पुरी, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जन, गायक बिक्रम थापा लगायतले शर्मालाई जन्मदिनको शुभकामना दिए।

आठ वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिइन्।

काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा विगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन्।