Logo
१४ वैशाख २०८१, शुक्रबार

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

अक्षरपाटी
२०७९ असोज ७ , शुक्रबार ०९:०९ मा प्रकाशित

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका ५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सिकिस्त घाइते भएका छन्।

मृत्यु हुनेमा अपिहिमाल ६ का १८ वर्षीय दिनेशसिंह धामी छन्। उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो।

जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए।

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

दुर्घटना