Logo
१४ वैशाख २०८१, शुक्रबार

सत्याग्रही डा केसी र सरकारबीच सहमति

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाडौं। सत्याग्रहरी डा गोविन्द केसी र सरकार बीच सहमति भएको छ।

सहमतिमा हस्ताक्षरपछि डा केसीले आजै साढे ७ बजे अनशन तोड्ने बताइएको छ।

अनसनरत डा केसीका सहयोगी प्रितम सुवेदीका अनुसार सहमतिको प्रस्ताव तयार भइरहेको छ ।

डा केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २०औं आमरण अनशन सुरू गरेका थिए। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको हो।

डा केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन सुरु गरेका थिए।