Logo
८ वैशाख २०८१, शनिबार

पत्रकार राना पुरस्कृत

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार ०९:०९ मा प्रकाशित

काठमाडौ। पत्रकारितामा सक्रिय पत्रकार हेमबहादु राना ‘कमल’ प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भएका छन्।

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच ‘प्रेस काउन्सिल समावेशी पुरस्कार’बाट राष्ट्रपति विद्यादेवी भण्डारीले रानालाई पुरस्कृत गरेकी हुन्।

राना २०६२ सालदेखि नेपालभूमि साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका हुन्। पत्रकारिता क्षेत्रमा सक्रिय राना छलफल साप्ताहिकमा समेत केही वर्ष सक्रिय थिए ।

त्यसैगरी प्रशासनिक पत्रिका सम्पत्ति मासिक लगायतका पत्रपत्रिकाहरुमा समेत कलम चलाएका रानाले २०७१ सालदेखि अपटुडेट साप्ताहिकको कार्यकारी सम्पादक तथा प्रकाशक र दैनिक समाज डटकमको सञ्चालक भई पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

 

कमल राना