Logo
१६ चैत्र २०८०, शुक्रबार

सेयर बजारमा २३ अंकको गिरावट, सबै सूचक राताम्मे

अक्षरपाटी
२०७९ असोज ९ , आईतबार ०४:०९ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले घटेर ३५५.६० विन्दुमा झरेको छ।

यसदिन १ अर्ब ७ करोड बराबरको सेयर कारोबार भयो। २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै समूहको सूचक राताम्मे देखिएका छन्।

इन्भेस्टमेन्ट समूहको सूचक सर्वाधिक २.८२ प्रतिशतले घट्दा हाइड्रोपावरको २.५४ र फाइनान्स समूहको २.५७ प्रतिशतले ओरालो लाग्यो।

ट्रेडिङ, डेभलपमेन्ट बैंक, मनु एन्ड प्रो, अदर्श र माइक्रो फाइनान्स समूहकोसूचक १ प्रतिशत बढिले घट्यो। दोहोरो अंकले घटेको सेयर बजारमा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो।

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २६ करोड बढीको सेयर कारोबार भयो।