Logo
२९ भदौ २०८२, आईतबार

बढाइयो उम्मेदवारको खर्चको सीमा

अक्षरपाटी
२०७९ असोज ११ , मंगलबार ०३:०९ मा प्रकाशित

काठमाडौं। अब प्रत्यक्षतर्फका उम्मेदवारले प्रतिनिधिसभातर्फ ३३ लाख र प्रदेशसभातर्फ २३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो। आज तोकिएको यो रकम २०७४ को निर्वाचनको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ८–८ लाख बढी हो।

आयोगले आज नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत १२ दलका प्रतिनिधिलाई बोलाएर खर्चको सीमाबारे जानकारी गराएको हो।

२०७४ को तुलनामा अहिले महँगी बढेकाले खर्च गर्न पाउने सीमा बढाएको आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिएको बताए।