Logo
८ वैशाख २०८१, शनिबार

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अक्षरपाटी
२०७९ असोज ११ , मंगलबार ०८:०९ मा प्रकाशित

बागलुङ। बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।

रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।