Logo
१३ वैशाख २०८१, बिहीबार

चीनको रेस्टुरेन्टमा आगलागी, सत्र जनाको मृत्यु

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार ०४:०९ मा प्रकाशित

एजेन्सी। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ। आगलागीमा तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।

वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ।

अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ। घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन्।