Logo
६ वैशाख २०८१, बिहीबार

डेंगुबाट एकैदिन दुई जनाको मृत्यु, ५४० संक्रमित

अक्षरपाटी
२०७९ असोज १३ , बिहीबार ०५:०९ मा प्रकाशित

काठमाडौं। डेंगु संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ। एडिस नामको पोथी लामखुट्टका कारण हुने डेंगुबाट आज एकी दिन ५४० जना संक्रमित भएका छन्।

बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको र योसँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता डेंगु संक्रमण हुनेको संख्या २८ हजार १०९ पुगेको छ। मुस्ताङबाहेक देशका सबै जिल्ला डेंगु संक्रमण फैलिएको छ। सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका प्रभावित भएको छ। बागमती प्रदेशमा मात्र २१ हजार ९७५ संक्रमित भएका छन्।

लुम्बिनीमा प्रदेशमा ३ हजार एक सय २५, सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा डेंगु पुष्टि भएको छ। गण्डकी प्रदेशमा डे्रगु संक्रमितको संख्या ६ सय ७७, मधेस प्रदेशमा चार सय १३ र कर्णाली प्रदेशमा दुई सय ३८ पुगको छ। नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको बिरामी देखिएको मन्त्रालयले जनाएको छ। त्यसयता डेंगु संक्रमण बढ्दै गएको छ।